Faq

के Getcontact भुक्तानी सहितको एप्लिकेसन हो ?

तपाईंले  Getcontact निशुल्क प्रयोग गर्न सक्नुहुन्छ l तपाईंले उच्च कोटिका केही खास फिचरहरु प्रयोग गर्नुहोस् भनेर हामी तपाईंलाई विभिन्न किसिमका सब्क्रिप्सन अफर गर्छौं l सब्स्क्रिप्सन अफर तथा मूल्य देश अनुसार फरक पर्नेछ l यदि तपाईंको क्षेत्रमा प्रिमियम उपलब्ध भएमा तपाईंले हाम्रो प्रोफाइल पृष्ठमा प्रिमियम जाँच गर्न सक्नुहुनेछ l 

मेरो Getcontact अकाउन्ट सुचारु हुँदैन l मैले पिन कोड प्राप्त गर्न सकिन l .

सुरुमा तपाईंले आफ्नो सही नम्बर त हाल्नुभयो ? यदि तपाईंको नम्बर सही हुँदा हुँदै पनि पिन कोड प्राप्त गर्नु भएन भने १५ मिनेटमा पुन: प्रयास गर्नुहोस् l समस्या यथावत रहेमा हामीलाई  support@getcontact.com मा सम्पर्क गर्नुहोस् l 

के म नामले खोज्न सक्छु ?

Getcontact ले कलरहरुलाई फोन नम्बरले मात्र पहिचान गर्दछ l दुर्भाग्य भनौं, नामबाट चाहिं खोज्न मिल्दैन l 

फोन नम्बरलाई कसरी स्प्याममा सुचिकृत गरिन्छ ?

स्प्याम पहिचान बिशेष शुत्रबाट गरिन्छ जसले तपाईंलाई उच्चतम सुरक्षा प्रदान गर्दछ l  Getcontact ले लाखौँ प्रयोगकर्ताहरुको पृष्ठपोषण समिक्षा गरि उक्त कल स्प्याम हो होइन भन्ने निर्णय गर्दछ l हामी हाम्रो प्रविधिलाई यस दिशामा लैजाने कुराको लागि निरन्तरता दिन्छौं l 

मैले नम्बरलाई कसरी ब्लक गरेर त्यसलाई स्प्यामको रुपमा ब्लक गर्न सक्छु ?

तपाईंले इन्कमिंग नम्बरलाई ""रिपोर्ट""बटन प्रयोग गरेर खोजी गर्दै गर्दा पुर्व उल्लिखित क्याटगोरीमा त्यसलाई ब्लक वा रिपोर्ट गर्न सक्नुहुन्छ l

-उक्त नम्बर रिपोर्ट गर्नुभएमा यसलाई तपाईंले स्प्याम भनेर देख्नुहुनेछ l

-यदि तपाईंले नम्बरलाई रिपोर्ट र ब्लक दुवै गर्नुभएमा तपाईंले उक्त नम्बरबाट कल प्राप्त गर्नुहुने छैन l 

मैले आफैलाई स्प्याम कलबाट कसरी सुरक्षित राख्न सक्छु ?

यदि तपाईं iOS उपकरण प्रयोग गर्दै हुनुहुन्छ भने,

Getcontact मनुको "Enable Protection" बटनलाई छोएर तपाईंले दिईएका निर्देशन अनुसार स्प्याम सुरक्षा सुचारु गर्न सक्नुहुनेछ l यस चरण पश्चात स्प्याम स्क्रिनलाई तल स्वीप गरेर तथा "Spam Settings" मा "Change settings" छोएर तपाईंले धेरै वटा अप्सनबाट एउटा छनौट गर्न सक्नुहुनेछ  जस्तै  "Block all spam calls" तथा  "Show warning for spam and fraud calls".

यदि एन्ड्रडड उपकरण प्रयोग गर्दैहुनुहुन्छ भने,

तपाईंले दुइ फरक तरिकाले स्प्याम सुरक्षा सुचारु गर्न सक्नुहुनेछ:

- जब तपाईं एप इन्स्टल गर्नुहुन्छ तपाईंले अनुमति दिएमा स्प्याम सुरक्षा सुचारु हुन्छ l

-यदि तपाईंले यी अनुमति दिनुभएको छैन भने तपाईंले  "Enable Protection" मेनुमा दीएका निर्देसन अनुसार स्प्याम सुरक्षा सुचारु गर्न सक्नुहुन्छ जहाँ तपाईं तलको मेनमा "स्प्याम" ट्याबबाट जान सक्नुहुनेछ l

यो चरण पश्चात स्प्याम स्क्रिनलाइ तलतिर स्विप स्वीप गरेर र "Spam Settings" मा रहेको  "Change settings" ट्याप गरेर तपाईंले एउटा विकल्प रोज्न सक्नुहुनेछ जसमा "Block all spam calls" र "Show warning for spam and fraud calls" पर्दछन् l 

मैले भुलवश नम्बरलाई स्प्याम मार्क गरें l यसलाई कसरी मिलाउने ?

तपाईंले नम्बर सर्च गरेपछि क्रिनामा देखापर्ने  "Unblock" बटन प्रयोग गरेर तपाईंले यसलाई स्प्याम सूचीबाट अनब्लक वा हटाउन सक्नुहुन्छ l

मेनुको तल रहेको "Spam" मा क्लिक गरेर पेजलाई तल स्विप गरेर तपाईंले "Spam Settings" को "Block List"एक्सेस गर्न सक्नुहुनेछ र त्यसलाई स्लाइड गरेर स्प्याम मार्क गरिएको नम्बर हटाउन सक्नुहुन्छ l 

किन कल गर्नुहोस् जानकारी सबै कलहरूमा देख्न सक्दिन?

Getcontact आफ्ना प्रयोगकर्ताहरुको गोपनियताको ख्याल राख्दछ l हामी देखिन नचाहने प्रयोगकर्ताहरुको पहिचान नम्बर प्रदान गर्न असमर्थ छौं l 

Getcontact पिन के हो ?

हामीले प्रदान गर्ने सुचनाको शुद्धता हाम्रो लागि महत्वपूर्ण हुन्छ l तपाईंले हामीले दिने एक पटक मात्र प्रयोग हुने कोडको मद्दतले आफ्नो नम्बर प्रमाणित गर्नु पर्दछ ताकी हामीले तपाईं लगायत अरु प्रयोगकर्तालाई हामी Getcontact को राम्रो अनुभव प्रदान गर्न सकौं l 

ट्याग भनेको के हो ? म कसरी ट्याग एड गर्न सक्छु ?

ट्याग भनेको  एउटा Getcontact प्रयोगकर्तालाई अर्को प्रयोगकर्ताले जोडेको सूचना हो जस्तै (उपनाम, नाम आदि) यी ट्यागहरु अरु प्रयोगकर्ताले पनि प्रयोग गर्न सक्छन् l

तपाईंले प्रयोगकर्ता प्रोफाइलमा भएको  "Add Tag" बाट अन्य  Getcontact प्रयोगकर्ताहरुलाई ट्याग गर्न सक्नुहुन्छ l यो गर्नका लागि तपाईंले मेनुमा "Add Quick Tag" गरेर गर्न सक्नुहुन्छ जब तपाईं एप्मा साइन अप गर्नुहुन्छ l 

के म आफैलाई ट्याग एड गर्न सक्छु ?

Getcontact समुदायको मापदण्ड अनुसार तपाईंले प्रयोगकर्तालाई मात्र ट्याग एड गर्न सक्नुहुन्छ यद्यपी तपाईंले आफ्नो ट्याग व्यवस्थापन गर्न सक्नुहुन्छ l 

म कसरी ट्याग डिलिट वा व्यवस्थापन गर्न सक्छु ?

तपाईंले Getcontact मेनुको "Other" खण्डको  "Show Profile" मा ट्याप गरेर आफ्ना ट्याग देख्न र व्यवस्थापन गर्न सक्नुहुनेछ l यदि सम्पादन गर्ने चाहना भएमा बायाँतिर स्वाइप गर्नुहोला l 

म Getcontact कसरी प्रोफाइल नाम बदल्न सक्छु ?

तपाईंले बाहिर देखिने आफ्नो नाम प्रोफाइलमा गएर परिवर्तन गर्न सक्नुहुन्छ l सम्पादन गर्दा सर्च रिजल्टमा परिवर्तन गरिएको प्रोफाइल देखिनेछ l 

मैले अरुको कन्ट्याक्टमा मेरो फोन नम्बर कसरी नदेखिने बनाउन सक्छु ?

तपाईंले तलको लिंकमा गएर आफ्नो भिजिबिलिटी सेटिंग मिलाउन सक्नुहुनेछ l : https://www.getcontact.com/manage.

परिवर्तन गरिएका कुराहरु हाम्रो सर्भरमा २४ घण्टा भित्रमा अपडेट हुनेछन् l 

मैले कल/सर्च हिस्ट्री कसरी डिलिट गर्ने ?

यदि तपाईं  iOS उपकरण चलाई रहनुभएको छ भने

तपाईंले सर्च मेनुको "Clear All" बटनबाट सम्पूर्ण सर्च हिस्ट्री क्लियर गर्न सक्नुहुनेछ l

यदि तपाईं एन्ड्रइड उपकरण चलाई रहनुभएको छ

तपाईंले माथिल्लो मेनुमा  "Clear" बटन प्रयोग गरेर सर्च हिस्ट्री क्लियर गर्न सक्नुहुन्छ l स्मरण रहोस्, आफ्नो कल सूची क्लियर गर्न तपाईंले आफ्नो फोनको कल हिस्ट्री पनि क्लियर गर्नु पर्छ l

अज्ञात कलरहरु किन पहिचान हुन सक्दैनन् ?

अज्ञात कलरहरुलाई GSM अपरेटरहरुले सम्हाल्छन् l  Getcontact लाई पहिचान गर्न दिनका लागि नम्बर अज्ञात हुनुहुँदैन l 

मैले इन्कमिंग कलरको पहिचान किन देख्न सक्दिन ?

iOS उपकरणहरुमा स्प्याममा सुचिकृत कलहरु मात्र पहिचान हुन्छन् l एन्ड्रइड उपकरणहरुमा सेटिंग सक्रिय गरिएको हुन्छ l यदि तपाईंले कलरको पहिचान देख्न सक्नुभएन भने तपाईंले आवश्यक अनुमतिहरु दिएको कुरा सुनिस्चित गर्नुहोस् l तपाईंले यो फिचर एप्लिकेसन वा फोनको सेटिंगमा गएर एडजस्ट गर्न सक्नुहुनेछ l 

मैले १ रिजल्ट मात्र किन देख्छु ?

सम्पूर्ण ट्याग सुचिकृत गर्न दिइएको नम्बरवाला  Getcontact प्रयोगकर्ता हुनै पर्दछ l  

5001  त्रुटी कोड के हो ?

 Getcontact सर्भर एक्सेस गर्न अस्थाई समस्या भएकाले तपाईंले यो समस्या झेलिरहनु भएको हुनसक्छ l तपाईंले एकै छिन् धैर्य गरेर एपबाट निस्किएर पछि पुन: प्रयास गर्नुहोला l 

5003  त्रुटी कोड के हो ?

यस कोडका लागि अनेकौं कारण हुन सक्छन् l यो एप प्रयोग गर्नका लागि तपाईंसँग सक्रिय इन्टरनेट कनेक्सन हुन जरुरी छ l कृपया आफ्नो इन्टरनेट कनेक्सन जाँच्नुहोस् l यो समस्या सरकारी तवरबाट हुने कुनै आईपी वा डोमेनमा लगाईएको बन्देजका कारण पनि भएको हुनसक्छ l 

मलाई कसले ट्याग गरेको छ भनेर मैले देख्न सक्छु ?

प्रयोगकर्ताका ट्यागहरु अज्ञात रहने भएकाले तपाईंलाई कसले ट्याग एड गर्यो भनेर हेर्न सम्भव छैन l 

मेरो फोन नम्बर स्प्याममा सूचिकृत छ l 

Getcontact ले उच्च शुत्रबाट नम्बरहरु स्प्याम भएको कुरा पहिचान गर्दछ l यदि तपाईंको नम्बर गल्तीले स्प्यामका रुपमा सुचिकृत भएको भए कृपया हामीलाई  support@getcontact.com मा सम्पर्क गर्नुहोला l तपाईंको नम्बरलाई Getcontact एक्स्पर्टले पहिचान गर्नेछन् l हामी तपाईंको नम्बर पहिले नै स्प्याम फिल्टरमा छ भने वा त्यहाँबाट डिलिट गर्न त्यसको परिवर्तन सम्बन्धी कुनै ग्यारेण्टी गर्दैनौं l 

के अरु  Getcontact प्रयोग कर्ताले मेरो फोनबुक खोज्न सक्छन् ?

तपाईंको फोनबुकमा भएको कन्ट्याक्ट  Getcontact द्वारा कहिल्यै सार्वजनिक गरिने वा खोजीयोग्य बनाइने छैन l यदि तपाईंले अनुमति दिएमा मात्र तपाईंको फोनबुक कन्ट्याक्ट दिईनेछ l हामीले गज्जबको प्रयोग अनुभव प्रदान गर्न र Getcontact फिचरलाई अझै राम्रो बनाउन  तपाईंको फोनबुकको अनुमति चाहिन्छ l  . 

के म मेरो नम्बर बदल्न सक्छु ?

 Getcontact अकाउन्टमा तपाईंको नम्बर परिवर्तन गर्न सम्भव छैन l यदि तपाईंको हालैको Getcontact नम्बर उपलब्ध नभएमा र तपाईंको नयाँ नम्बर भएमा तपाईंले आफ्नो वर्तमान सब्स्क्रिप्सन रद्द गर्न सक्नुहुन्छ र एपबाट लग आउट गर्न सक्नुहुन्छ l अनि तपाईंले नयाँ अकाउन्टको लागि नयाँ नम्बर राख्न सक्नुहुन्छ l तपाईंले नयाँ नम्बरमा प्रिमियम सब्स्क्रिप्सन लगायतका अधिकारहरु प्रयोग गर्न हामी निम्न पद्दति प्रयोग गर्न सल्लाह दिन्छौं:

-यदि प्रिमियम इन्भोइसिन्ग Google Play वा Apple Store बाट गरिएको भएमा तपाईंले एपको प्रिमियम पेजमा रहेको  "Restore purchases" मा ट्याप गरेर आफ्नो प्रिमियम सब्स्क्रिप्सन ट्रान्सफर गर्न सक्नुहुन्छ l यदि तपाईंले इन्भोइस गरेको अकाउन्टको एक्सेस हराउनु भएमा आफ्नो प्रिमियम अधिकार पनि गुमाउनु हुनेछ l

- यदि क्रेडिट कार्ड वा मोबाइल अपरेटरको माध्ययमबाट इन्भोइस गर्नुभएको हो भने कृपया हामीलाई support@getcontact.com मा सम्पर्क गर्नुहोस् l हाम्रा एक जना Getcontact एक्सपर्टले यो अवस्था हेरेर तपाईंका खरिद तपाईंको नयाँ नम्बरमा ट्रान्सफर गरिदिने छन् l कृपया स्मरण रहोस् यस्तो अवस्थामा यी खरिद तपाईंको अघिल्लो नम्बरमा उपलब्ध हुने छैन l 

के मेरो नम्बर कसले खोज्यो भनेर मैले खोज्न सक्छु ?

तपाईंको नम्बर कुन मितिमा र कति पटक खोजी भयो भन्ने सम्बन्धमा प्रिमियम प्रयोगकर्ताहरुलाई मात्र सीमीत जानकारी प्रदान गरिन्छ l तपाईंले आफ्नो ट्याग विवरण हेर्न मानिसको मात्र विस्तृत विवरण पाउन सक्नुहुन्छ l यद्यपी, तपाईंलाई जानकारी प्रदान गर्नका लागि तपाईंको ट्याग हेर्ने व्यक्तिले "Private Mode" डिजेबल गरेकै हुनु पर्छ l यदि "Private Mode" सेटिंग डिजेबल भएको भएमा तपाईंले सो व्यक्तिलाई "अज्ञात" भनेर देख्नु हुनेछ l 

मैले सब्स्क्रिप्सन कसरी सुचारु गर्ने ?

तपाईंले "Getcontact Premium"  बाट Getcontact सब्स्क्रिप्सन प्याकेज लिन सक्नुहुने छ जुन मेनुको तल "Other" खण्डमा भेटिनेछ र मन परेमा तपाईंले पनि सुरु गर्न सक्नुहुनेछ l  तपाईंले तलको लिंकबाट क्रेडिट कार्ड वा मोबाइल अपरेटर प्रयोग गरेर पनि खरिद गर्न सक्नुहुन्छ: https://premium.getcontact.com कृपया स्मरण रहोस् कि Getcontact प्रिमियम सबै देशमा खरिदका लागि उपलब्ध छैन l हाम्रा प्रिमियम अफरहरु निम्न देशहरुमा मात्र उपलब्ध छन्:

  • रसिया
  • काजकिस्तान
  • युक्रेन
  • क्रिगिस्तान
  • अमेरिका

मैले  Getcontact चलाउन प्रयोग गरेको इमेल एड्रेस कसरी बदल्ने ?

तपाईंले तलको मेनुमा रहेको "other" खण्डको "Show Profile"मा गएर इमेल ठेगाना बदल्न सक्नुहुनेछ l 

मैले मेरो  Getcontact प्रोफाइलमा अर्को नम्बर हाल्न सक्छु ?

तपाईंले  एउटा फोनबाट मात्र आफ्नो  Getcontact प्रोफाइल प्रयोग गर्न सक्नुहुनेछ l 

मेरो निशुल्क प्रयोग कहिले नवीकरण हुन्छ ?

तपाईंको लिमिट हरेक महिनाको पहिलो दिन नवीकरण हुनेछ l आफ्नो बाँकी लिमिट हेर्नका लागि निम्न चरणहरु अपनाउनु होला : Other > Getcontact Premium > Subscriptions> Subscription Info.

म मेरो बाँकी लिमिटका बारेमा कसरी जान्न सक्छु ?

बाँकी रहेको लिमिट हेर्नका लागि तपाईंले निम्न चरणहरु अपनाउन सक्नुहुनेछ : Other > Getcontact Premium > Subscription Info. 

के मैले गल्ति रिपोर्ट गर्न सक्छु ?

के तपाईंले आफ्नो जिज्ञासाको जवाफ पाउनु भएन ? हामी हरेक पृष्ठपोषण गहिरिएर हेर्छौं खासगरीकन प्राविधिक छैन, विशेष ध्यान दिएर l तपाईंलाई परेका समस्याका बारेमा निम्न चरण अपनाएर हामीलाई सल्लाह सुझाव दिन सक्नुहुनेछ:

तपाईंले एपको  Help > Contact Us खण्ड प्रयोग गर्न सक्नुहुनेछ l

त्रुटी भएमा निम्न लिंक अपनाउन सक्नुहुन्छ : https://www.getcontact.com/send-report

ईमेल: support@getcontact.com

हामीलाई इमेल मार्फत सल्लाह दिँदा निम्न जानकारी दिन नभुल्नुहोला !

  • फोन नम्बर:
  • हालको देश :
  • प्लेटफर्म (एन्ड्रइड, आइओएस, वेब):
  • एप भर्सन :
  • बिषय :

सब्स्क्रिप्सन प्याकेजका फाइदा के हुन् ?

Getcontact प्रिमियममा प्राथमिकता बाहेक अरु पनि थुप्रै फिचरहरु छन् :

-विज्ञापन रहित प्रयोग: एपमा तपाईंले कुनै विज्ञापन देख्नुहुने छैन l

- अत्यधिक सर्च लिमिट: तपाईंको सर्च लिमिट प्रिमियम र/अथवा उच्च स्तरको सब्स्क्रिप्सन अनुसार वृद्धि हुनेछ l तपाईंसँग स्ट्याण्डर्ड प्रयोगकर्ता भन्दा बढी सर्च लिमिट हुनेछ l

- खोजी आंकडा: तपाईंसँग रिपोर्ट पेज हुन्छ जहाँ तपाईंले आफ्नो नम्बर कहाँ र कति पटक खोजी भयो भनेर देख्नुहुनेछ l

- ट्याग कसले हेर्यो ?: तपाईंले प्रिमियम र/अथवा सो भन्दा उच्च स्तरको सब्स्क्रिप्सनका साथ् आफ्नो ट्याग कसले हेर्यो भनेर हेर्न सक्नुहुनेछ l